Section 19B
लगानी प्रवद्र्धन समिति
(१) कोषको रकम सुरक्षित तथा बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नको निमित्त लागनी नीति निर्धारण गरी समितिमा सुझाब पेश गर्न कोषमा एउटा लगानी प्रवद्र्धन समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहने छन्ः–
(क)कोषको प्रशासक– अध्यक्ष
(ख)नेपाल सरकारको सेवामा कार्यरत अर्थ विज्ञहरुबाट
नेपाल सरकारले मनोनित गरेको एकजना– सदस्य
(ग)त्रिभुवन विश्वविद्यालय तथा सार्वजनिक वा निजी
क्षेत्रबाट लागनी प्रवद्र्धन क्षेत्रमा विशेष ज्ञान तथा
अनुभव भएका व्यक्तिहरुमध्ये नेपाल सरकारले
मनोनीत गरेको दुईजना – सदस्य
(घ)समितिले तोकेको कोषको अधिकृत कर्मचारी
एकजना– सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यसरी मनोनीत भएको सदस्यहरुलाई नेपाल सरकारले जुनसुकै बखत हेरफेर गर्न सक्नेछ ।
(५) लगानी प्रवद्र्धन समितिका अध्यक्ष तथा सदस्यहरुले लगानी प्रवद्र्धन समितिको बैठकमा माग लिए बापत पाउने बैठक भत्ता समितिले तोकिदिए बमोजिम हुनेछ ।
(६) प्रशासकले आवश्कयताअनुसार लगानी प्रवद्र्धन समितिको बैठक बोलाउनेछ ।
(७) लगानी प्रवद्र्धन समितिको बैठक सम्बन्धी अन्य कुराहरु लगानी प्रवद्र्धन समिति आफैले निर्धारण गर्न सक्नेछ ।